बोलपत्र प्रणाली ह्याकिङ प्रकरण: केयूकेएलको कुनै पनि बोलपत्रमा सहभागिता नजनाएको दाबी
सोमबार, १४ वैशाख २०८३, १६ : ३६
सारांश
- सगुन कन्स्ट्रक्सनले रातोपाटीमा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो कम्पनीका अध्यक्ष सहदेव खड्का कुनै पनि अनुसन्धानमा नतानिएको दाबी गरेको छ ।
- सगुन कन्स्ट्रक्सनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कुनै पनि बोलपत्रमा सहभागिता नजनाएको जिकिर गरेको छ ।
- यसअघि रातोपाटीले 'बोलपत्र प्रणाली ह्याक: ठुला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा' शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
काठमाडौँ । सगुन कन्स्ट्रक्सनले रातोपाटी डटकममा प्रकाशित 'बोलपत्र प्रणाली ह्याक: ठुला निर्माण कम्पनीका सञ्चालक नै अनुसन्धानको दायरामा' शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गरेको छ ।
कन्स्ट्रक्सनका व्यवस्थापक विवेक आचार्यले एक विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेख भए जस्तो कम्पनीका अध्यक्ष तथा निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्का कुनै पनि अनुसन्धानमा नतानिएको दाबी गरेका छन्। विज्ञप्तिमा सगुन कन्स्ट्रक्सनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कुनै पनि बोलपत्रमा सहभागिता नजनाएको जिकिर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण