संवैधानिक परिषद्ले पायो पूर्णता
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता छानेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।
- कांग्रेसले दलको नेता छान्न ढिलाइ गर्दा संवैधानिक परिषद् बैठक बस्न नसकी प्रधानन्यायाधीश नियुक्त हुन सकेको थिएन ।
- अब बस्ने संवैधानिक परिषद् बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता छानेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । प्रतिनिधि सभा निर्वाचन भएको डेढ महिनापछि कांग्रेसले वैशाख १४ गते सोमबार (आज) आङ्देम्बेलाई दलको नेता छानेको हो । प्रमुख विपक्षी दलले दलको नेता छानेपछि संवैधानिक परिषद्ले पूर्णता पाएको हो ।
योसँगै प्रधानन्यायाधीशसहित संवैधानिक नियुक्तिको बाटो पनि खुलेको छ । कांग्रेसले दलको नेता छान्न ढिलाइ गर्दा संवैधानिक परिषद् बैठक नै बस्न सकेको थिएन । जसका कारण प्रधानन्यायाधीश नियुक्त हुन समेत सकेको थिएन । हाल सपना प्रधान कामु प्रधानन्यायाधीशको भूमिकामा छन् ।
संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहन्छन् भने सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ ।
अब बस्ने संवैधानिक परिषद् बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने छ । प्रस्तावित नाम संसदीय सुनुवाइ समितिका दुई तिहाइ सदस्यले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संविधानमा व्यवस्था छ ।
परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश र विपक्षबाट राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर र विपक्षी दलका नेता भीष्मराज आङदेम्बे रहनेछन् । परिषद्को पहिलो बैठकमा भने कानुन मन्त्रीको सहभागिता रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण