सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जलवायु परिवर्तन नेपालका लागि गम्भीर चुनौती

सोमबार, १४ वैशाख २०८३, १९ : २७
सोमबार, १४ वैशाख २०८३

सारांश

  • सरकारले सार्वजनिक गरेको श्वेतपत्रले जलवायु परिवर्तनलाई नेपालको अर्थतन्त्र र जनजीवनका लागि गम्भीर चुनौती मानेको छ ।
  • जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको सामना गर्ने क्षमता सीमित देखिएको छ, जसलाई विभिन्न अन्तर्राष्ट्रिय सूचकाङ्कले पुष्टि गरेका छन् ।
  • जलवायु परिवर्तनले बाढी, पहिरो, हिमताल पग्लिने जस्ता प्रकोप बढाएर भौतिक पूर्वाधार, कृषि, जलविद्युत र आर्थिक प्रणालीमा गम्भीर धक्का पुर्याइरहेको छ ।

काठमाडौँ ।  सरकारले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र)ले जलवायु परिवर्तनलाई मुलुकको अर्थतन्त्र र जनजीवनका लागि  गम्भीर चुनौती देखाएको छ ।  

प्रतिवेदनका अनुसार नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले विश्वकै उच्च जोखिमयुक्त मुलुकहरूमध्ये परे पनि यसको सामना गर्ने क्षमता भने अझै सीमित देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सूचकाङ्कहरूले पनि नेपालको यो जोखिमपूर्ण अवस्थालाई पुष्टि गरेका छन् । 

जर्मन वाचको सन् २०२२ को प्रतिवेदन अनुसार नेपाल विश्वको ७८ औँ जोखिमयुक्त देशमा पर्दछ भने सेन्टर अन ग्लोबल इनर्जी पोलिसीको जलवायु वित्तीय जोखिम सूचकाङ्क २०२५ मा नेपाल १८८ देशमध्ये १४१ औँ स्थानमा रहेको छ। 

जलवायु परिवर्तनकै कारण नेपालमा बाढी, पहिरो र हिमताल तथा हिमनदी पग्लिने जस्ता प्राकृतिक प्रकोपहरू तीव्र गतिमा बढिरहेका छन् । यी प्रकोपहरूले भौतिक पूर्वाधार मात्र नभई कृषि, जलविद्युत र समग्र आर्थिक प्रणालीमै गम्भीर धक्का पुर्‍याइरहेको श्वेतपत्रको निष्कर्ष छ।

नेपालले यी असरहरूलाई निरन्तर भोगिरहेको भए पनि अनुकूलन क्षमता निकै कमजोर रहेकाले क्षति न्यूनीकरण गर्न र एक उत्थानशील अर्थतन्त्र निर्माण गर्नका लागि अबको बाटो चुनौतीपूर्ण रहेको सरकारी स्वीकारोक्ति छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप