७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
- विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।
- कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टा वा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।
कालोसूचीमा पर्नेहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सन रहेका छन्। यी छ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको ‘एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट’लाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको मंगलबार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर अब कुनै पनि सरकारी ठेक्कापट्टा वा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण