कर्णालीको मौलिकता र भूगोल आफैँमा एक चलचित्र हो : अध्यक्ष डीसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताएका छन् । अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरू मार्फत बाहिर आउनुपर्ने उनको भनाई रहेको थियो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भएको ‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’ को समापन कार्यक्रम अध्यक्ष डीसीले कार्यशालाले बोर्डको उद्देश्य अनुसार नै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । 'यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्न र सृजनशील काममा लाग्न सहभागीहरूलाई आग्रह गर्दछु' उनले भने ।
केवी इन्टरटेनमेन्ट प्रालिको आयोजना रहेको कार्यशालाको समापन गर्दै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यस पटकको कार्यशाला विशेष गरी स्कृप्ट लेखन र छायांकन (सिनेमाटोग्राफी) विधामा केन्द्रित थियो। ६ दिनसम्म वरिष्ठ निर्देशक शिवं अधिकारी र छायाकार निरज कँडेलबाट प्राप्त प्रशिक्षणले विद्यार्थीहरूमा ठुलो उत्साह थपेको छ। सहभागी प्रशिक्षार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई, क्यामेरा चलाउने र कथा बुन्ने प्रयोगात्मक अभ्यास समेत गरेका थिए।
समापनका अवसरमा बोल्दै प्रशिक्षार्थीहरूले कार्यशाला अघिको तुलनामा आफूहरूमा प्राविधिक दृष्टिकोणले धेरै परिवर्तन आएको र चलचित्र निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएको अनुभव सुनाए।
आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र खड्काले कार्यशालाको उद्देश्य सफल भएको बताउँदै कर्णालीका प्रतिभाहरूलाई राष्ट्रिय मूलधारमा जोड्न यस्ता अभियान जारी रहने प्रतिबद्धता जनाए । खड्काले भने, 'हामीले जुन लक्ष्य राखेर यो चौथो संस्करण सुरु गरेका थियौँ, विद्यार्थीहरूको सक्रियता र सिकाई प्रतिको भोकले हामीलाई थप उत्साहित बनाएको छ। कर्णाली अब छायांकनका लागि लोकेसन मात्र होइन, दक्ष जनशक्तिको खानी पनि बन्दैछ।'
समारोहकै अवसरमा कर्णालीको कला र रङ्गमञ्चको क्षेत्रमा विगत तीन दशकदेखि अविचलित रूपमा क्रियाशील व्यक्तित्व याम आचार्यलाई ‘स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरिएको थियो।
समारोहमा कर्णालीका अग्रज कलाकार, रङ्गकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सामाजिक विकास मन्त्रालय र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न यस कार्यशालाले कर्णाली प्रदेशमा चलचित्र निर्माणको नयाँ जग बसाल्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण