शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

हेमराजको ‘बुटवल बजारमा’ श्याम र अनिशीतको अभिनय

मङ्गलबार, १५ वैशाख २०८३, ०९ : ३६
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • गायिका सरिता सुनार र गायक हेमराज डाँगीको स्वर रहेको गीत ‘बुटवल बजारमा’ सार्वजनिक भएको छ ।
  • गीतले प्रेमिल भावहरूलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।
  • गीतको भिडियोमा मोडलद्वय श्याम मगर र अनिशाीतको रुम्बाको अभिनय छ ।

काठमाडौँ । गायिका सरिता सुनार र गायक हेमराज डाँगीको स्वर रहेको गीत ‘बुटवल बजारमा’ सार्वजनिक भएको छ । जुनेली फिल्म्सको प्रस्तुति रहेको गीतमा अनिल खनालको शब्द तथा गायक हेमराज डाँगीकै सङ्गीत छ ।

गीतले प्रेमिल भावहरूलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ। दिनेश सिंह ठकुरीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा मोडलद्वय श्याम मगर र अनिशाीतको रुम्बाको अभिनय छ । भिडियोमा उनीहरूबीचको प्रेम र रोमान्सलाई देखाइएको छ ।

सरोज शाहीको छायाङ्कन, राजेश कुमारको सम्पादन रहेको भिडियो जुनेली फिल्मसको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप