बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अनफोल्डेड

सुकुमबासी बस्ती : कसरी बसे, कसरी उठे ?

मङ्गलबार, १५ वैशाख २०८३, १९ : ३०
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अन्तत: काठमाडौँका मुख्य तीन सुकुमबासी बस्ती खाली गराएको छ । गत शनिबार र आइतबार गरी दुई दिन डोजर चलाएर थापाथली, गैरीगाउँ र मनोहरा किनारका सुकुमबासी बस्ती हटाइयो । त्यस क्रममा सुरक्षाकर्मी पनि ठुलै संख्यामा परिचालन गर्नु परेको थियो । 

थापाथली र गैरीगाउँमा विना अवरोध भएको डोजर अभियान मनोहरा क्षेत्रमा भने केही समय तनावपूर्ण बनेको थियो । भोलिपल्ट अर्थात् आइतबार ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर त्यहाँका अनधिकृत घरटहरा भत्काइयो । अहिले सुकुमबासीहरूलाई होल्डिङ सेन्टरमा राखेर नाम दर्ता गराएपछि अस्थायी बसोबास केन्द्रमा पठाइएको छ । अब सुकुमबासी समस्याको स्थायी समाधान सरकारले कसरी गर्छ भन्नेमा आमचासो छ ।

काठमाडौंका यी सुकुमबासी बस्ती कहिले बसेका थिए ? विश्वका ठुला सुकुमबासी बस्ती कहाँ कहाँ छन् ? पटक-पटक हटाउन कोसिस गर्दा पनि अघिल्ला सरकारहरूले काठमाडौंका यी सुकुमबासी बस्ती किन हटाउन सकेका थिएनन् ? 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप