संसद् छलेर नभई सहकार्यबाट अघि बढ्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले संसदीय अभ्यासको पालना गर्दै सहकार्यका आधारमा अघि बढ्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका छन्।
राप्रपा संसदीय दलका नेता शाहीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्परा विपरीत भएको बताएका छन्।
उनले सरकारसँग संसद्मा झन्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा प्रस्तावित विधेयक सजिलै पारित हुने सम्भावना रहेको उल्लेख गरे।
“संसद्लाई छलेर होइन, सहकार्य गरेर अगाडि बढ्नुहोस्,” उनले भने, “यस्ता गतिविधिले दीर्घकालमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्छ।”
शाहीले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अन्त्य गरी विधेयक संसद्बाटै अघि बढाउन आग्रह गर्दै संसदीय प्रणालीको पूर्ण पालना गर्न सरकारलाई अपिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण