पञ्जाबको अपराजित यात्रामा पूर्णविरामः राजस्थान रोयल्ससँग ६ विकेटले पराजित
सारांश
- जारी आईपीएलमा पञ्जाब किंग्सको अपराजित यात्रा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएसँगै समाप्त भएको छ ।
- पहिले ब्याटिङ गर्दै पञ्जाबले ४ विकेट गुमाएर २२२ रन बनाएको थियो, जसमा मार्कस स्टोइनिसले अविजित ६२ रनको योगदान दिए ।
- २२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनायो, जसमा डोनाभान फरेराले ५२ रनको अर्धशतकीय पारी खेले ।
काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सको सानदार अपराजित यात्रामा पूर्णविराम लागेको छ । मङ्गलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको हो ।
जारी प्रतियोगितामा पञ्जाबको यो पहिलो हार हो । यस सिजनमा उत्कृष्ट लयमा रहेको पञ्जाबले हालसम्म ८ खेल खेलेको छ । जसमध्ये ६ खेलमा जित हात पारेको छ भने कोलकाता नाइट राइडर्ससँगको एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो । ८ औं खेलमा आएर पञ्जाबले सिजनको पहिलो हार व्यहोर्नु परेको छ ।
पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रनको विशाल योगफल तयार पारेको थियो । पञ्जाबका लागि मार्कस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै मात्र २२ बलमा अविजित ६२ रनको इनिङ खेले । त्यस्तै, ओपनर प्रभसिमरन सिंहले ५९ रन र कुपर कोनोलीले ३० रनको योगदान दिएका थिए । बलिङतर्फ राजस्थानका यश पुञ्जाले २ विकेट लिए ।
२२३ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सले १९.२ ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएर जित सुनिश्चित गर्यो । राजस्थानको जितमा डोनाभान फरेराले २६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, यशस्वी जैसवालले ५१ रन र युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १६ बलमा ४३ रनको विष्फोटक योगदान दिए ।
पञ्जाबका लागि युजभेन्द्र चहलले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ४ बल बाँकी छँदै लक्ष्य पूरा गरेको राजस्थानले यो जितसँगै अंक तालिकामा आफ्नो स्थान थप मजबुत बनाएको छ । पञ्जाब भने हारका बाबजुद १३ अंक सँगै तालिकाको पहिाले स्थानमा कायमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण