पालिकाबाटै स्थायी लेखा नम्बर
बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर ९प्यान कार्ड० वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो ।
गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत प्यान कार्डका लागि अनलाइनमार्फत फाराम भरी ‘सबमिसन नम्बर’का आधारमा प्यान लिन सक्नेछन् । यसैगरी, व्यावसायिक कार्डका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।
आन्तरिक राजस्व कार्यालय प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन सुरु भएको, हाल गलकोट र बेनी नगरपालिकाबाट सेवा सुरु भइसकेको बताए । हाल कर चुक्तालगायत विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै र अब प्यान कार्डसम्बन्धी सेवा पनि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
स्थानीयस्तरबाटै कार्ड पाउन थालेपछि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गलकोटबाटै उक्त कार्ड प्राप्त गरेकी ताराखोला गाउँपालिका–४ की माया घर्तीले यस सेवाले जिल्ला सदरमुकाम पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण