बागमती गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र बागमती युथ भिड्ने
सारांश
- बागमती गोल्डकपको आठौँ संस्करण वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।
- उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
- प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
मकवानपुर । वैशाख १७ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ क्लब भिड्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन मार्फत आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।
उक्त तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको हो । खेल बिहीबार दिउँसो ३ः३० बजे बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुनेछ ।
यस्तै १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौँ र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौँ, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मच्छिन्द्र क्लब, काठमाडौँले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल वैशाख २६ गते हुनेछ । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण