गएरातिको वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध
बुधबार, १६ वैशाख २०८३, ०७ : ३३
सारांश
- हिजो राति परेको वर्षाले वीपी राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको छ ।
- सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार यातायात सुचारु गर्न एक देखि डेढ घण्टा लाग्नेछ ।
- सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् ।
काठमाडौँ। हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि यातायात ठप्प भएको हो ।
अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए । उनले भने,'अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।'
वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण