अपडेट
कांग्रेसको उपनेता शाह, प्रमुख सचेतक थापा र सचेतक राई
बुधबार, १६ वैशाख २०८३, १२ : ३७
सारांश
- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् ।
- आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् ।
- प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।
‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण