बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

रोकिएन सेयर बजारको गिरावट, परिसूचक २७५० भन्दा तल

बुधबार, १६ वैशाख २०८३, १५ : ५२
बुधबार, १६ वैशाख २०८३

सारांश

  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८१ अङ्कले घटेर २७४४.४५ विन्दुमा ओर्लिएको छ ।
  • बजार खुला भएदेखि नै ओरालो लाग्ने क्रम सुरु भएको थियो, जसले गर्दा परिसूचक २७५० को मनोवैज्ञानिक विन्दुभन्दा तल ओर्लिएको छ ।
  • आज म्युचुअल फन्ड, विकास बैंक र ट्रेडिङ क्षेत्र मात्रै बढेको छ भने अन्य सबै समूहगत सूचक घटेका छन् ।

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक २५.८१ अङ्कले घटेर २७४४.४५ विन्दुमा ओर्लिएको छ ।

आज बजार खुला भएदेखि नै ओरालो लाग्ने क्रम सुरु भएको थियो, जसले गर्दा परिसूचक २७५० को मनोवैज्ञानिक विन्दुभन्दा तल ओर्लिएको छ । बजारमा आज २३५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने मात्र ३० कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा कुल ३५१ स्क्रिप्टको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार ओरालो लागेको बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले मात्रै दोहोरो अङ्कको मूल्य कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १३.८१ प्रतिशतले बढेर २६७८ रुपैयाँ पुगेको छ । अन्य कुनै पनि स्क्रिपमा उल्लेख्य सुधार देखिएन ।त्यस्तै कुमारी बैंकको डिवेञ्चरको मूल्य आज ११.४६ प्रतिशत घट्नु बाहेक अन्यमा स्क्रिपमा दोहोरो अङ्कको गिरावट समेत देखिएको छैन ।  

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको २४ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो । त्यस्तै, पाल्पा सिमेन्टको २० करोड २२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्ड, विकास बैंक र ट्रेडिङ क्षेत्र मात्रै बढेको छ भने अन्य सबै समूहगत सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट उत्पादनमूलक क्षेत्रमा २.२४ प्रतिशतले भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप