मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
गोरखा । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन्।
विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए। “२०८१ सालमा १० हजार ४२३ जनाले मनास्लु भ्रमण गरेका थिए । २०८१ को तुलनामा २०८२ मा चार हजार ४७६ जना पर्यटकको सङ्ख्या वृद्धि भएको छ”, उनले भने, “हरेक महिनाको पर्यटक सङ्ख्या तुलना गर्दा अघिल्लो वर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गर्दछ ।”
वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघजस्ता बेमौसमका महिनामा पनि पर्यटक सङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिएको ओझाको भनाइ छ ।
अन्य सबै महिनामा वृद्धि भए पनि चैत महिनामा भने पर्यटक सङ्ख्या घटेको देखिन्छ। अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरूमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निष्कर्ष छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण