बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

क्यानडाको सामूहिक गोलीकाण्डः पीडित परिवारले ओपनएआईविरुद्ध हाले सात मुद्दा

बिहीबार, १७ वैशाख २०८३, १३ : ५२
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • क्यानडाको सामूहिक गोलीकाण्डका पीडित परिवारले अमेरिकी एआई कम्पनी ओपनएआई र प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानविरुद्ध सातवटा मुद्दा दायर गरेका छन् ।
  • ओपनएआईले हमलावरका शंकास्पद गतिविधिबारे प्रहरीलाई समयमै जानकारी नगराएको आरोप परिवारहरूको छ ।
  • गत फेब्रुअरी १० मा भएको उक्त गोलीकाण्डमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको थियो ।

काठमाडौँ । क्यानडामा भएको सामूहिक गोलीकाण्डका पीडित परिवारहरूले अमेरिकी एआई कम्पनी ओपनएआई र यसका प्रमुख कार्यकारी अधिकृत साम अअल्टम्यानविरुद्ध अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा सातवटा मुद्दा दायर गरेका छन् ।

कम्पनीले हमलावरका शंकास्पद गतिविधि समयमै प्रहरीलाई जानकारी नगराएको आरोप परिवारहरूले लगाएका छन् । गएको फेबु्रअरी १० मा ब्रिटिश कोलम्बियाको टम्बलर रिजस्थित एक माध्यमिक विद्यालयमा १८ वर्षीय जेसी भ्यान रुट्सेलारले अन्धाधुन्ध गोली चलाउँदा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको थियो । यो घटना क्यानडाको इतिहासकै सबैभन्दा घातक घटनामध्ये एक मानिन्छ ।

समाचारअनुसार, हमलावरको च्याटजीपीटी प्रयोगसम्बन्धी गतिविधिबारे घटना हुनुभन्दा केही महिना अघि नै ओपनएआईको सुरक्षा टोलीले सतर्क गराएको थियो । ती संवादहरूमा बन्दुक हिंसासम्बन्धी सन्दर्भहरू भेटिए पनि कम्पनीले स्थानीय प्रहरीलाई जानकारी नदिएको आरोप छ । गत हप्ता साम अल्टम्यानले पीडित परिवारसँग सार्वजनिक रूपमा माफी मागेका थिए । कम्पनीले समयमै कानुन कार्यान्वयन गर्ने निकायलाई जानकारी नदिएकोमा आफू भित्रैदेखि क्षमाप्राथी रहेको उनले भनेका थिए । “शब्दहरूले क्षति पूर्ति गर्न सक्दैनन् मलाई थाहा छ, तर तपाईंहरुको समुदमयले बेहोरेको हानी र अपूरणीय क्षतिका लाथि माफी आवश्यक छ ।”उनले भनेका थिए । 

कम्पनीसँग हिंसात्मक कार्यमा आफ्ना उपकरण प्रयोग गर्न नदिने शून्य सहनशिलताको नीति रहेको ओपनएआईका प्रवक्ताले भने । साथै, सम्भावित जोखिमयुक्त व्यवहारलाई पहिचान र नियन्त्रण गर्न सुरक्षात्मक उपायहरू थप कडा बनाइएको दाबी प िगरिएको छ । यी नयाँ मुद्दाहरू अमेरिका र क्यानडाका कानुनी टोलीले संयुक्त रूपमा दायर गरेका हुन् । यो मुद्दाले यस अघि क्यानडामा दायर गरिएको एउटा मुद्दालाई विस्थापित गर्नेछ । उक्त मुद्दा १२ वर्षीय माया गेबालाको परिवारले दायर गरेको थियो, जो अहिले पनि अस्पतालमा उपचाररत छिन् । उनी टाउको, घाँटी र गालामा तीन वटा गोली लागेर घाइते भएकी थिइन् । 

पीडित पक्षका वकिल जे एडेल्सनले यो घटनासँग सम्बन्धित थप दुई दर्जनभन्दा बढी मुद्दा दायर गर्ने तयारी रहेको बताएका छन् । उनका अनुसार, प्रत्येक मुद्दामा जूरीद्वारा सुनुवाइ गरिनेछ र क्षतिपूर्तिको रकम ऐतिहासिक हुनसक्ने अपेक्षा गरिएको छ । मुद्दामा ओपनएआई र यसको नेतृत्वमाथि लापरवाही तथा अपराधमा सहयोग गरेको आरोप लगाइएको छ । साथै, कम्पनीले आफ्नो मूल्य र प्रतिष्ठा जोगाउन सुरक्षा जोखिमलाई बेवास्ता गरेको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप