बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिविका उपकुलपतिसहित तीन जनाले दिए राजीनामा

कारण- सरकारले सिफारिस गरेको अध्यादेश

बिहीबार, १७ वैशाख २०८३, १४ : १०
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा दिएका छन् ।
  • उनीहरूले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पत्र पठाएका हुन् ।
  • राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई हटाउने अध्यादेश सिफारिस भएपछि पदमा बसिरहन उचित नलागेको उनीहरूको भनाइ छ ।

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष  उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् । 

बिहीवार आफूहरुले पत्र लेखेर राजीनामा पठाएको केसीले रातोपाटीलाई जानकारी दिए ।  सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा पठाएको उनको भनाइ छ । 

राजीनामा दिनेहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल ओलीको पालामा र केसी र रिजाल प्रचण्डको पालनामा नियुक्त भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप