रास्वपा दक्षिणपन्थी लोकप्रियतावादी पार्टी हो : प्रलोपा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको छ ।
- प्रलोपाको केन्द्रीय समितिको विस्तारित बैठकले रास्वपाले लोकप्रियतावादी कुरा गर्ने र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्ने गरेको आरोप लगाएको छ ।
- प्रलोपाले रास्वपालाई फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ सिट जितेको पार्टीको रूपमा उल्लेख गरेको छ ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको छ ।
काठमाडौँमा वैशाख १२ र १३ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले रास्वपालाई दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको हो । रास्वपाले लोकप्रियतावादी कुरा गर्ने र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्ने गरेको आरोप लगाएको छ ।
‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ नजिक पुगेको आजको रास्वपा नेपालमा दक्षिणपन्थी लोकप्रियतावादी पार्टी हो जसले सदैव लोकप्रियतावादी कुरा गर्छ र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्ने गर्छ। तर, वास्तविकता के हो भने आजको नेपालमा राजनीतिक दर्शन, सिद्धान्त र विचारले काम नगरेका होइनन्। बरु, ती दर्शन, सिद्धान्त र विचारको आधारमा बनेका पार्टीका नेताहरू तदनुरूप हुन नसकेका हुन्’, प्रलोपाको दस्ताबेजमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण