आँधी आउँदा अमेरिकाबाट रुस पुगे, सीमाका सुरक्षाकर्मीद्वारा पक्राउ
अमेरिकाका एक नागरिकलाई रुसका सीमा सुरक्षाकर्मीले पक्राउ गरेको छ । गल्तीपूर्वक सीमा पार गरेका कारण उनलाई गत बुधबार पक्राउ गरिएको हो ।
अमेरिकाका जोन मार्टिन अलास्काको यूकोन नदिमा डुङ्गा चलाइरहेका थिए । जोन आफ्नो सानो डुङ्गामा केही परमात्रै पुगेका थिए, मौसम एकाएक खराब भयो र आँधी चल्न थाल्यो । उनी हराए, कहाँ पुगेको छु भन्ने केही थाहा नभई जोन अमेरिका र रुसको सीमामा रहेको बेरिंग समुन्द्र पुगे । करिब दुई हप्ता पछि जब जोनले समुन्द्रको किनारामा कदम राखे तब उनलाई सीमाका सुरक्षाकर्मीले पक्राउ गरे । त्यसपछि मात्र जोनलाई थाहा भयो कि उनी अमेरिकामा नभई रुस पुगिसकेका छन् ।
रुसको विदेशमन्त्रालयको तर्फबाट जारी बयानमा जोन मार्टिनलाई चुकोत्का प्रान्तको लवरेन्तियाबाट सीमा सुरक्षाकर्मीले पक्राउ गरिएको बताएको छ । यसबारे अमेरिकी दूतावासलाइ खबर दिइयो । रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवले स्थानीय अधिकारीले जोनलाई चाँडै नै चुकोत्काको राजधानी अनादिर पुर्याइने जानकारी दिएकी छिन् ।
अमेरिकी दूतावासले पनि जोनलाई आफ्नो देश फर्कनका लागि हरसम्भव प्रयास गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण