भिजन लुम्बिनीले तिनाउमा हाइड्रोपावर निर्माण गर्दै
सारांश
- भिजन लुम्बिनी लिमिटेडले पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट क्षमताको 'नमः बुद्ध हाइड्रोपावर' आयोजना करिब ७० करोड रुपैयाँ लागतमा निर्माण गर्ने भएको छ।
- आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ र यसका लागि लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता लगायतका काम अघि बढिसकेको छ।
- भिजन लुम्बिनीले जलविद्युतसँगै हस्पिटालिटी, बीमा र आईटी क्षेत्र लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आफ्ना गतिविधि विस्तार गरिरहेको छ।
बुटवल । भिजन लुम्बिनी लिमिटेडले पाल्पाको तिनाउ खोलामा ३।४४ मेगावाट क्षमताको ‘नमः बुद्ध हाइड्रोपावर’ आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले बुटवलमा पत्रकार सम्मेलन गर्दै तिनाउ गाउँपालिका–झुम्सामा करिब ७० करोड रुपैयाँ लागतमा आयोजना निर्माण गरिने जनाएको हो। आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
भिजन लुम्बिनीका अध्यक्ष जगतहादुर पोखरेलले लुम्बिनी विकास बैंकसँग सम्झौता गरेर स्रोत सुनिश्चितता लगायतका काम अघि बढिसकेको जानकारी दिए। उनले सामूहिक लगानी नै समृद्धिको आधार भएको उल्लेख गर्दै तिनाउमा आयोजना निर्माण त्यसैको उदाहरण भएको बताए।
उनका अनुसार आयोजनाको प्राविधिक, वातावरणीय तथा पर्यावरणीय अध्ययनसम्बन्धी काम सम्पन्न भइसकेको छ। यसअघि कम्पनीले कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
कम्पनीले हाल देशभर १२ वटा ठुला परियोजनामा लगानी गर्दै काम गरिरहेको जनाएको छ। अध्यक्ष पोखरेलले आगामी दिनमा पर्यटन क्षेत्रमा समेत लगानी विस्तार गर्ने र ‘भिजन लुम्बिनी’लाई ‘भिजन नेपाल’का रूपमा विकास गर्ने योजना रहेको बताए।
बोर्ड सदस्य तथा कार्यकारी राजीव गौतमले महाकाली र कर्णाली क्षेत्रमा समेत ठुला जलविद्युत आयोजना अघि बढाउने तयारी भइरहेको बताए। साना–साना लगानीकर्तालाई समेटेर कम्पनी स्थापना गरिएको उनले उल्लेख गरे।
सञ्चालन समिति सदस्य अनुमान शैजुले बुटवलबाट सुरु भएको कम्पनीले बुटवलसँगै जोडिएको तिनाउ क्षेत्रमा आयोजना अघि बढाउनु सकारात्मक कदम भएको बताए। अर्का सदस्य कुलबहादुर केसीले डाक्टर, इन्जिनियरदेखि अवकाशप्राप्त व्यक्तिसम्मको सामूहिक लगानीले कम्पनीलाई अघि बढाएको बताए।
भिजन लुम्बिनीले जलविद्युतसँगै हस्पिटालिटी, बीमा र आईटी क्षेत्र लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आफ्ना गतिविधि विस्तार गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण