सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हटाइएका सुकुमबासीलाई अस्थायी रूपमा पाँच ठाउँमा राखिने

शुक्रबार, १८ वैशाख २०८३, १३ : ५३
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सरकारले काठमाडौँका विभिन्न ठाउँबाट हटाएका सुकुमबासीहरुलाई विवरण सङ्कलनपछि तत्कालका लागि पाँच स्थानमा राखिने भएको छ ।
  • तत्कालका लागि ललितपुरको धापाखेल, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट र काभ्रेको बनेपामा व्यवस्थापन गर्ने तयारी भएको छ ।
  • सरकारले काठमाडौंको थापाथली, शंखमुल, मनोहरा, सिनामंगल बल्खु, बालाजु र वंशीघाट क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई हटाउँदै आएको छ ।

काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न ठाउँबाट हटाएका सुकुमबासीहरुलाई विवरण सङ्कलनपछि तत्कालका लागि पाँच स्थानमा राखिने भएको छ । 

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार तत्कालका लागि पाँच स्थानमा राख्न लागिएको जानकारी दिइन् । 

‘ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ’, दाहालले जनाकारी दिएकी छन् । 

सरकारले काठमाडौंको थापाथली, शंखमुल, मनोहरा, सिनामंगल बल्खु, बालाजु र वंशीघाट क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई हटाउँदै आएको छ । 

उनीहरूको व्यवस्थापन र लागत संकलनका लागि दशरथ रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली खटिएको सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप