शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेर पेसी तोक्न थालियाे

शुक्रबार, १८ वैशाख २०८३, १९ : ३०
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सर्वोच्च अदालतमा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरी पेसी तोक्न थालिएको छ।
  • व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट शुक्रबार पेसी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो।
  • सार्वजनिक बिदाका दिनमा पनि बन्दी प्रत्यक्षीकरण रिट हेर्न थालिएको छ।

काठमाडौँ । सर्वोच्च अदालतमा बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेर एकै दिन पेसी तोकिन थालेको छ। 

शुक्रबार बिदाको दिनमा सर्वोच्च अदालतमा व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा पेसी तोकिएर पनि हेर्न नमिल्ने सूचीमा परेको छ ।

भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले शुक्रबार नै बन्दी प्रत्यक्षीकरण रिट दर्तासँगै पेसी तोकिएको थियो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको पेसी आज हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन । अब भट्टको बन्दी प्रत्यक्षीकरण रिट वैशाख २१ गतेका लागि पेसी तोकिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धान गर्न भन्दै गत चैत १९ गते काठमाडौँको नक्साल गैरीधाराबाट पक्राउ गरेको थियो । 

भट्टमाथि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो समय शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि सर्वोच्चले बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण रिट हेर्न थालेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप