मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा रु एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा रु एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ ।
त्यसैगरी मङ्सिरमा रु एक अर्ब ३६ करोड ७४ हजार, पुसमा रु एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा रु एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण