सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिनामंगल क्षेत्रका अनधिकृत संरचनामा डोजर परिचालन

शनिबार, १९ वैशाख २०८३, ११ : ४९
शनिबार, १९ वैशाख २०८३

सारांश

  • सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू हटाउन सिनामंगल क्षेत्रमा डोजर परिचालन गरिएको छ ।
  • सार्वजनिक जग्गा संरक्षण र सहरी व्यवस्थापनको अभियान अन्तर्गत महानगरले शनिवार डोजर चलाएको हो ।
  • यस कारबाहीले बागमती कोरिडोर र आसपासको क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

काठमाडौँ । सरकारले सिनामंगलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत घर तथा टहराहरू हटाउन सुरु गरेको छ ।  सार्वजनिक जग्गा संरक्षण गर्ने र सहरी व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले शनिवार ती संरचनाहरूमा डोजर चलाएको हो । 

लामो समयदेखि सार्वजनिक स्थल र नदी किनारका क्षेत्र ओगटेर बनाइएका त्यस्ता संरचनाहरू हटाउन महानगरपालिकाले यसअघि नै सूचना जारी गरेको थियो । स्थानीय प्रशासन र नगर प्रहरीको समन्वयमा भएको उक्त कारबाहीका क्रममा दर्जनौँ टहरा र अवैध रूपमा सञ्चालित व्यावसायिक संरचनाहरू भत्काइएका छन् ।

सरकारले पछिल्लो समय सार्वजनिक जग्गाको संरक्षण, ढल निकास र सडक विस्तारमा अवरोध पुर्‍याउने अनधिकृत निर्माणहरू हटाउने कार्यलाई तीव्रता दिँदै आएको छ । 

सिनामंगल क्षेत्रमा गरिएको यो कारबाहीले बागमती कोरिडोर र आसपासको क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप