खोला किनारका घरधनीले लालपुर्जा देखाएपछि रोकियो डोजर
सारांश
- काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका अनधिकृत संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ ।
- ६ वटा घरका धनीहरूले खोलाको किनारै छुने गरी निर्माण गरिएका घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन् ।
- लालपुर्जा देखिएपछि कानुनी जटिलता आउन सक्ने भन्दै प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन् ।
काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ ।
शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजर पुगे पनि स्थानीयले लालपुर्जा देखाएपछि काम अघि बढ्न नसकेको हो ।
विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन् । ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन् । घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएका छन् ।
अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लालपुर्जा देखिएपछि कानुनी जटिलता आउन सक्ने भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन् ।
जग्गाको लालपुर्जा र खोलाको मापदण्डका विषयमा सरकारी रेकर्डसँग भिडान गरेर मात्रै थप कदम चालिने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण