यस्तो छ नेकपाको एकता महाधिवेशन कार्यतालिका (कार्यतालिकासहित)
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर ११ देखि १५ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
- महाधिवेशनको तयारीका लागि असार र साउनमा सदस्यता नवीकरण तथा विस्तार, भदौ १५ भित्र वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तभित्र जिल्ला अधिवेशन र कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिनेछ ।
- महाधिवेशनमार्फत वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने तथा सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकबाट पारित कार्यतालिकाअनुसार महाधिवेशनको तयारीका लागि असार र साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । तल्लो तहदेखि नै सांगठनिक सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ भदौ १५ गतेभित्र वडा तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय पार्टीले गरेको छ ।
त्यस्तै, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका तहका अधिवेशनहरू हुनेछन् भने असोज मसान्तभित्र जिल्ला तहका र कात्तिक १५ गतेसम्म प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरिने कार्यसूची तय गरिएको छ ।
यी सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा भव्य रूपमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने ज्वालाले जानकारी दिए ।
पार्टीले महाधिवेशनमार्फत वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने र सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना बनाएको छ । महाधिवेशनका लागि आवश्यक दस्ताबेज, प्रतिवेदन र कार्यविधिहरू केन्द्रीय कार्यसमिति बैठकले तयार पार्ने निर्णय समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण