सल्यानमा प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम भेटिए
सारांश
- सल्यान प्रहरी परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका छन्।
- फेला परेका बममध्ये ८२ सकेट बम, ३ सुतली बम र १ बोतल बम रहेका छन्।
- बम निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ।
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ ।
शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्।
जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए ।’
शनिबार बिहान ११ः२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको उनले बताए ।
साथै उत्खनन गर्ने क्रममा थप ७ थान रेडियो सेट (वाकीटाकी), ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पार्टपूर्जा र १० मिटर फायरिङ केबल समेत फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
कालीभक्ति गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।
बुधबार नै सिद्धीबक्स गण सल्यानबाट उप–सेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा टोली खटिएको थियो । परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तर्गत १९ बाहिनी तुलसीपुर दाङबाट पनि विशेष टोली बोलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण