भारततर्फ तस्करी गर्न लागिएको ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ। उक्त स्याउ ३ सय ४५ कार्टुनमा राखेर विभिन्न नम्बरका गाडीमार्फत भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा फेला परेको हो ।
नियन्त्रणमा परेका गाडीहरूमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका पिकअप रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी तथा मातहत युनिटबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका स्याउ तथा गाडीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि निगरानी थप कडाइ गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण