बागलुङमा ६५ जना सवारी चालकको लागू पदार्थ सेवन जाँच्दा १४ जना कारबाहीमा
सारांश
- लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना चालक बागलुङमा कारबाहीमा परेका छन् ।
- जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ६५ जना चालकमा गरेको लागुऔषध सेवन जाँच अभियानमा १४ जनामा पोजेटिभ भेटिएको हो ।
- चालु आर्थिक वर्षको ९ महिनामा बागलुङमा १५ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
पोखरा । बागलुङमा लागू पर्दा सेवन गरेर सवारी चलाउनेहरू भेटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको लापसे जाँच अभियान अन्तर्गत ६५ जनामा चेकजाँच गर्दा १४ जनालाई कारबाही गरिएको छ । चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढी हुन थालेको गुनासोपछि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार, बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ भेटिएको हो ।
लागुपदार्थ सेवन गरेको पाइएपछि एक इभी भ्यान, स्कारपियो, चार ट्याक्टर, चार पिकअप भ्यान, दुई मोटरसाइकल, अटो र टिपर चालकलाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कार्वाही गरी छाडिएको उनले सुनाए । जिल्लाभर चालु वर्षको ९ महिनामा १५ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण