मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ज्वरो नआए पनि किन तात्छ शरीर ?

आइतबार, २० वैशाख २०८३, १२ : २०
आइतबार, २० वैशाख २०८३

सारांश

  • शरीरमा ज्वरो नआइकनै तातो महसुस हुनु हर्मोनल परिवर्तन, तनाव, थाइराइड असन्तुलन वा डिहाइड्रेसन जस्ता कारणले हुन सक्छ।
  • रजोनिवृत्ति, महिनावारी वा गर्भावस्थाको समयमा महिलाहरूमा हर्मोनल उतारचढावले शरीर तातो हुन सक्छ।
  • शरीरलाई शीतल राख्न प्रशस्त पानी पिउने, हल्का लुगा लगाउने, मसालेदार खाना, क्याफिन र मदिराको सेवन कम गर्ने तथा ध्यान वा हल्का व्यायाम गर्ने सल्लाह दिइएको छ।

काठमाडौँ । कहिलेकाहीँ हामीलाई हाम्रो शरीर पोलिरहेको, अनुहार रातो भएको जस्तो लाग्छ । तर जब शरीरको तापक्रम जाँच्छौँ ज्वरो आएको हुँदैन । 

शरीर किन यति धेरै तातो छ ? के यो सामान्य हो ? यस्तो प्रश्नहरू मनमा उठ्नु स्वाभाविक हो । यो कुनै रोगको कारणले गर्दा भएको हुँदैन । बरु शरीर भित्र हुने साना परिवर्तनले गर्दा हुन्छ ।

हर्माेनल परिवर्तनहरू:
हर्माेनले हाम्रो शरीरमा धेरै असर गर्छ । यदि हर्माेनमा उतारचढावहरू भइरहेका छन् भने, शरीर चाँडै तातो हुन सक्छ । यो समस्या रजोनिवृत्ति, महिनावारी वा गर्भावस्थाको समयमा महिलाहरूमा देख्न सकिन्छ । तनाव वा हर्मोनमा असन्तुलनले पनि कम उमेरमा यो समस्या निम्त्याउन सक्छ ।

तनाव:
जब हामी तनावमा हुन्छौँ, शरीरले तनाव हर्माेन निकाल्छ । यति बेला मुटु छिटो छिटो धड्किन्छ, अनुहार रातो हुन्छ । शरीरमा गर्मी र बेचैनी महसुस हुन्छ । आफूलाई स्वास्थ्य राख्न तनाव र चिन्ता कम गर्नु जरुरी छ ।

थाइराइड असन्तुलनः
थाइराइड अत्यधिक सक्रिय छ भने चिसो मौसममा पनि शरीर तातो महसुस हुन सक्छ । यसले अत्यधिक पसिना आउने, निद्रा नलाग्ने र घबराहट जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।

डिहाइड्रेसनः जब शरीरमा पानीको कमी हुन्छ, शरीरले पसिना बनाएर आफूलाई शीतल बनाउन सक्दैन, जसले भित्रैबाट गर्मी, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या भोग्नु पर्ने हुन सक्छ ।

के गर्ने ?

  • प्रशस्त पानी पिउनुहोस् ।
  • हल्का र खुकुलो लुगा लगाउनुहोस् ।
  • मसलादार खाना, क्याफिन र मदिराको सेवन कम गर्नुहोस् ।
  • ध्यान गर्नुहोस् वा हल्का हिँडडुल गर्नुहोस् ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप