अस्ट्रेलियामा हिंसात्मक घटना, तीनको मृत्यु
अस्ट्रेलिया । अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको जानकारी पाएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेका थिए । साथै, गम्भीर टाउको चोट लागेको ६४ वर्षीय पुरुषलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार यी तीनै जना व्यक्तिहरूलाई उनीहरू चिन्ने एकै व्यक्तिले आक्रमण गरेको बताइएको छ ।
त्यसै क्रममा बिहान करिब २ः३० बजे उक्त घरमा आएको एक सवारीसाधनका ३२ वर्षीय पुरुष चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाई नजिकैको प्रहरी चौकीमा लगिएको छ ।
घटनापछि सो घरलाई अपराध स्थल घोषणा गरिएको छ र स्थानीय प्रहरीले हत्या अनुसन्धान टोलीको सहयोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण