अमेरिकाबाट एफ–३५ र एफ–१५एल लडाकु विमान किन्ने योजना इजरायलद्वारा स्वीकृत
आइतबार, २० वैशाख २०८३, १३ : ५५
सारांश
- इजरायलले अमेरिकाबाट दुई नयाँ स्क्वाड्रनका एफ–३५ लाइटनिङ र एफ–१५ एल लडाकु विमान खरिद गर्ने योजना स्वीकृत गरेको छ ।
- यो सम्झौता अमेरिकी कम्पनी लकहिड मार्टिन र बोइङसँग हुनेछ र यसको मूल्य दशौँ अर्ब शेकेल बराबर हुने अनुमान गरिएको छ ।
- इरानसँग लामो समयदेखि युद्धमा रहेको बेला इजरायलले यो हतियार खरिद सम्झौतालाई मञ्जुरी दिएको हो ।
तेल अभिभ । मध्यपूर्वी देश इजरायलले अमेरिकाबाट नयाँ लडाकु विमान खरिद गर्ने योजना अन्तिम रूपमा स्वीकृत गरेको छ ।
अन्तर्राष्टिय समाचार संस्था रोयटर्सले आइतबार छापेको समाचार अनुसार इजरायलको रक्षा मन्त्रालयले दुई नयाँ स्क्वाड्रनका एफ–३५ लाइटनिङ र एफ–१५ एल विमान किन्ने निर्णयलाई अनुमोदन गरेको हो ।
यो सम्झौता अमेरिकी कम्पनी लकहिड मार्टिन र बोइङको बीचसँग हुने बताइएको छ । सम्झौताको मूल्य दशौँ अर्ब शेकेल बराबर हुने अनुमान गरिएको छ ।
अमेरिका र इजरायल इरानसँग दुई महीनाभन्दा लामो समयदेखि युद्धमा रहेकै समयमा हतियार खरिद सम्झौताले मञ्जुरी पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
-
व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
-
रोजगार सेवा केन्द्रलाई रूपान्तरण गरिने, सरकारले ल्यायो नयाँ कार्यविधि
-
प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने दुई जना पक्राउ
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण