ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने
आइतबार, २० वैशाख २०८३, १७ : २१
सारांश
- एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पित्तथैली र हर्नियाको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका छन्।
- इन्फेक्सनको जोखिमका कारण ओलीले केही दिन राजनीतिक भेटघाट रोकेका छन्।
- गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया भएको थियो।
काठमाडौँ । पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने भएका छन्। सचिवालयका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ।
‘इन्फेक्सन नहोस् भनेर हाल केही दिनयता भेटघाटलाई रोकिएको छ’, सचिवालयका एक सदस्यले भने, ‘अबको केही दिनमा सुधार हुन्छ भनिएको छ । त्यसपछि राजनीतिक भेटघाट खुला गरिनेछ । अहिले अति आवश्यक भेटघाट मात्र हुँदै आएको छ ।’
केही दिन पहिला अपरेसन गरिएको ठाउँमा घाउ बढेर इन्फेक्सन भएपछि चिकित्सकहरूले भेटघाट र हिँडडुल नगर्न सल्लाह दिएकाले भेटघाटलाई नियन्त्रण गरिएको बताइएको छ।
गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया भएको थियो। त्यसअघि उनलाई प्रहरीले चैत १३ गते पक्राउ गरेर अस्पतालमै राखेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण