जेलमा थुनिएकी छिन् ‘करिना कपूरकी आमा’ कोही गएनन् भेट्न
फिल्म बजरंगी भाइजानमा करिना कपूरकी आमाको भूमिका निभाउने अलका कौशल आजकाल चर्चामा छिन् । अलका र उनकी आमा सुशिला बडोलालाई चेक बाउन्स गरेको भन्दै दुई वर्षको जेल सजायँ तोकिएको छ ।
पंजाबको संगरुर अदालतले यी दुबैलाई सजायँ सुनाएको हो । अचम्मको कुरा के छ भने उनलाई अहिलेसम्म कोही पनि आफन्त भेट्न गएका छैनन् । उनलाई शनिबार उनका वकिल भेट्न गएका थिए । उनले पंजाब र हरियाणा हाई कोर्टमा अपिल गर्ने कुरा बताएकी थिइन् । अलकाले थुप्रै टेलिभिजन र बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।
जेलका सुपरिटेन्डेन्ट हरदिप सिंह भट्टीका अनुसार उनलाई जेलभित्र कुनै भीआईपी सुविधा दिइएको छैन । उनलाई अहिलेसम्म कोही भेट्न पनि आएका छैनन् ।
स्मरण रहोस्, दुई महिलाले उनी र उनकी आमामाथि ५० लाख चेक बाउन्स गरेको आरोप लगाएका थिए । उक्त मुद्दा सन् २०१५ देखि चलिरहेको थियो ।
वकिल सुखबीर सिंहका अनुसार गांव लागडियोमा बस्ने अवतार सिंहसँग उनको र उनकी आमाको चिनजान थियो र उनीहरुले एक टेलिफिल्म बनाउनका लागि उनीसँग ५० लाख भारु उधारो लिएका थिए ।
अवतारले जब अलकासँग पैसा फिर्ता मागिन् तब उनले २५–२५ लाखको दुईवटा चेक दिइन् जुन बाउन्स भयो । चेक बाउन्स भएका कारण अवतारले उनीहरुविरुद्ध मुद्दा दर्ता गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण