सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक

सोमबार, २१ वैशाख २०८३, १० : १६
सोमबार, २१ वैशाख २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
  • सिंहदरबारमा सोमबार मध्यान्ह १२ बजे बैठक आह्वान गरिएको छ ।
  • सत्ता पक्ष र विपक्षमा रहेका दलहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । 

सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको जानकारी दिएकी हुन् । 

सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको कुँवरले जानकारी दिइन् । 

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप