सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सोमबार, २१ वैशाख २०८३, १० : १६
सारांश
- सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
- सिंहदरबारमा सोमबार मध्यान्ह १२ बजे बैठक आह्वान गरिएको छ ।
- सत्ता पक्ष र विपक्षमा रहेका दलहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको जानकारी दिएकी हुन् ।
सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको कुँवरले जानकारी दिइन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण