सामूहिक लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने लक्ष्यसहित ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी' स्थापना
सारांश
- विदेशमा रहेका प्रवासी नेपालीहरुको सामुहिक लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने उद्देश्यले ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी' स्थापना गरिएको छ ।
- कम्पनीले मुख्यगरी जलविद्युत, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिइयो ।
- नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठुलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको छ ।
जापान । विदेशमा रहेका प्रवासी नेपालीहरुको सामुहिक लगानीमार्फत नेपालको आर्थिक विकास गर्ने उद्देश्यले ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी' स्थापना गरिएको छ ।
हालै उक्त कम्पनी नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भइसकेको कम्पनीका डाइरेक्टर तथा एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले जानकारी दिए ।
सोही कम्पनीको उद्देश्य, लगानीको क्षेत्र, सम्भावनालगायतका विषयमा केन्द्रीत रहेर आइतबार जापानमा एक कार्यक्रम सम्पन्न गरिएको शेरचनले जानकारी दिए ।
सहभागीलाई स्वागत गर्दै शेरचनले कम्पनीमा प्रवासमा रहेका नेपालीहरुको सामुहिक लगानी रहने जानकारी दिए ।
कार्यक्रममा बोल्दै सोही कम्पनीका अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपालीहरुको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठूला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कम्पनीले मुख्यगरी जलविद्युत, पर्यटन, कृषि, र पूर्वाधारका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिइयो । यसैगरी पारदर्शी ढंगले सामूहिक लगानीको अवधारणा कार्यान्वयनमा ल्याइने भएकाले यसमा जोखिम न्यून र प्रतिफलको सुनिश्चितता रहने समेत जानकारी दिइयो ।
कार्यक्रममा जापानमा रहेका विभिन्न क्षेत्रका व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरुले सामूहिक लगानीकोे अवधारणालाई स्वागत गर्दै लगानीको सुरक्षा र सरकारी नीतिबारे जिज्ञासा राखेका थिए ।
साथै कार्यक्रममा सहभागी केही व्यवसायीहरुले सामूहिक लगानी मार्फत राष्ट्रिय गौरवका आयोजनामा साझेदारी गर्न आफूहरु तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठुलो योगदान रहे पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकिएको अवस्थामा यो कम्पनीले एउटा भरपर्दो पुलको काम गर्ने अपेक्षा गरिएको शेरचनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
-
लेबनानमा शनिबार पनि इजरायली आक्रमण, ५ जनाको मृत्यु
-
उद्योग मन्त्रालयद्वारा ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत
-
रास्वपाको प्रतिनिधि सङ्ख्या ४ हजारभन्दा बढी
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण