सेयर बजारमा ४० अंकको गिरावट, कारोबार रकम पनि घट्यो
सारांश
- साताको पहिलो दिन सेयर बजार (नेप्से) परिसूचक ३९.२७ अंकले घटेर २६९९.४४ विन्दुमा ओर्लिएको छ।
- बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको छ।
- आज २६९ कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै सूचक राता भएका छन्।
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार (नेप्से) मा गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा ओर्लिएको हो ।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड कारोबार भएको बजारमा बज यो रकम ४ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको हो । आज ९५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
कुल २६९ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्यमा गिरावट आएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर कम्पनी सबैभन्दा शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३१ करोड २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत र एनआईसी एशिया बैंक पनि बढी कारोबार हुने कम्पनीमा अगाडि छन् ।
बजार ओरालो लागे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.५८ अंकले घट्नु बाहेक अन्य कम्पनीको मूल्यमा दोहोरो अंकको उतारचढाव देखिएन ।
समूहगत रुपमा आज माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै सूचक रातोफ भएका छन् । विकास बैंक, हाइड्रो र उत्पादनमूलक क्षेत्रमा २ प्रतिशत भन्दा धेरैको गिरावट भएको छ । होटल, इन्भेष्टमेन्ट र ट्रेडिङ क्षेत्र पनि १ प्रतिशत भन्दा धेरैले घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण