४२ वर्ष पुरानो मित्र गुमाउँदा भावुक बने सलमान
सारांश
- बलिउड सुपरस्टार सलमान खानले ४२ वर्ष पुरानो मित्र सुशील कुमारको निधनमा भावुक सन्देश लेखेका छन्।
- सलमानले सुशीललाई भाइ जस्तै मानेको, उनी दयालु र सहयोगी स्वभावका व्यक्ति रहेको बताएका छन्।
- सलमानले सुशीलको सकारात्मक सोच र जीवन दर्शनको प्रशंसा गर्दै आगामी फिल्म 'मातृभूमि: मे वार रेस्ट इन पीस' को तयारीमा व्यस्त रहेको उल्लेख गरेका छन्।
मुम्बई । बलिउड सुपरस्टार सलमान खान आफ्ना अत्यन्तै नजिकका साथी सुशील कुमारको निधनले स्तब्ध बनेका छन्। विगत ४२ वर्षदेखिको मित्रता टुटेपछि सलमानले सामाजिक सञ्जालमा एक भावुक सन्देश लेख्दै सुशील आफ्ना लागि साथी मात्र नभएर भाइ जस्तै रहेको उल्लेख गरेका छन्।
सलमानले आफ्ना पिता सलीम खान र सुशीलसँगका पुराना यादहरू ताजा गर्दै केही तस्बिरहरू समेत साझा गरेका छन्। सलमानका अनुसार सुशील एक अत्यन्तै दयालु र सहयोगी स्वभावका व्यक्ति थिए।
सुशीलको सकारात्मक सोचको प्रशंसा गर्दै सलमानले उनलाई एक वास्तविक योद्धाको संज्ञा दिएका छन्। आर्थिक अभाव, भावनात्मक पीडा वा शारीरिक रोग, जस्तोसुकै कठिन परिस्थितिमा पनि सुशीलको अनुहारबाट मुस्कान कहिल्यै नघट्ने गरेको सलमानले बताएका छन्।
सलमानले सुशीलको थेगोलाई सम्झँदै लेखेका छन्, ‘उनले सधैँ एउटै कुरा भन्थे- की फरक नई पैंदा, सब ठीक होगा (केही फरक पर्दैन, सबै ठिक हुनेछ)।’ मृत्युसँग हेभिवेट च्याम्पियनले जस्तै वीरतापूर्वक लडेका सुशीलको बिदाइमा आफ्नो आँखामा आँसु नभई उनीसँगका हासो र सम्झनाहरू मात्र बाँकी रहेको सलमानले उल्लेख गरेका छन्।
आफ्नो पोस्टमा जीवनको दर्शनबारे चर्चा गर्दै सलमानले हामी सबै एक न एक दिन जानैपर्ने र कोही ढिलो त कोही चाँडो मात्र जाने यथार्थ व्यक्त गरेका छन्। उनले सुशीललाई धेरै मिस गर्ने बताउँदै यो खबर सुनेपछि सुरुमा रिस र रोदन आए पनि आफूले आफैँलाई सम्हालेको स्वीकारेका छन्। ‘मेरो भाइ अनुहारमा मुस्कान लिएर यो संसारबाट बिदा भयो,’ भन्दै सलमानले सुशीलको सकारात्मकताको सम्मान गरेका छन्।
कार्यक्षेत्रको कुरा गर्दा सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘मातृभूमि: मे वार रेस्ट इन पीस’ को तयारीमा व्यस्त छन्। सलमा खानको ब्यानर ‘सलमान खान फिल्म्स’ अन्तर्गत निर्माण भइरहेको यस फिल्मलाई अपूर्व लाखियाले निर्देशन गरिरहेका छन् भने फिल्ममा चित्राङ्गदा सिंह मुख्य भूमिकामा देखिनेछिन्।
यसका साथै रितेश देशमुखको फिल्म ‘राजा शिवाजी’ मा सलमानको केमियो भूमिकाले पनि अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण