वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान
उदयपुर । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।
उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहाल भन्छन्, “यसपटक मकै छर्ने बेलादेखि वर्षा भइरहेका कारण मकै छर्न र गोड्नसमेत सहज भएको छ, मकैबाली उत्पादन बढ्ने आशा छ ।”
त्यसैगरी चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताए । त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगर भन्छन्, “यसपटक डाँडापाखाका बारीमा समेत छरेको मकै निरन्तर वर्षाका कारण राम्ररी फस्टाइरहेको छ, निरन्तर वर्षाले मकैखेतीलाई ठूलो राहत प्रदान गरेको छ ।”
जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताए ।
यादवका अनुसार उदयपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि मकैखेती हुँदै आएको छ । यसपटक यस्तै मौसम रहेमा मकै उत्पादनमा २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण