बसको ठक्करबाट चालकको मृत्यु
सोमबार, ०२ साउन २०७४, १६ : ५२
उर्लाबारी - विराटनगर–५ स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो । दिउँसो १ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण