आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्न सरकारले अध्यादेश ल्यायाे : भीष्मराज आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढङ्गबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद् समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए ।
सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद् अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनियत स्पष्ट देखिएको उनले बताए ।
अध्यादेश लगायतका विषयमा कांग्रेसले सशक्त रूपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले उल्लेख गरे ।
उनले सरकारको क्रियाकलापले मुलुकलाई ठिक ठाउँमा लगेको जस्तो अनुभूति नभएको धारणा समेत राखे । त्यस्तै आङ्देम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्वासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए। राज्य आतङ्क मच्चाउने ढङ्गबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ ।
कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरूका विषयमा समेत छलफल भएको आङ्देम्बेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण