ओरेन्ज क्यापको दौडमा सञ्जुको पुनरागमन
सारांश
- चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध नेट रन रेटलाई मजबुत बनाउने सानदार जित दर्ता गरेको छ।
- यस जितसँगै आईपीएलमा सबैभन्दा धेरै रन बनाउने र बढी विकेट लिने खेलाडीको सूची अर्थात् ओरेन्ज क्याप र पर्पल क्यापको तालिकामा पनि फेरबदल भएको छ।
- पर्पल क्यापको शीर्ष पाँचको स्थानमा भने कुनै परिवर्तन आएको छैन, रोयल च्यालेन्जर्स बेंगलोरका बलर भुवनेश्वर कुमार १७ विकेटसहित शीर्ष स्थानमा छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत मंगलबार दिल्लीमा भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध नेट रन रेटलाई मजबुत बनाउने सानदार जित दर्ता गरेको छ।
दिल्लीको ढिलो र स्पिनरलाई मद्दत गर्ने पिचमा १५६ रनको लक्ष्य पछ्याएको चेन्नाईका लागि ओपनर सन्जु सैमसनले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। यस जितसँगै आईपीएलमा सबैभन्दा धेरै रन बनाउने र बढी विकेट लिने खेलाडीको सूची अर्थात् ओरेन्ज क्याप र पर्पल क्यापको तालिकामा पनि फेरबदल भएको छ।
दिल्लीविरुद्ध ५२ बलमा अविजित ८७ रनको म्याच-विनिङ इनिङ्स खेलेका चेन्नाईका ओपनर सन्जु सैमसन फेरि ओरेन्ज क्यापको शीर्ष पाँच दौडमा फर्किएका छन्। उनले गुजरात टाइटन्सका बी साइ सुदर्शनलाई पाँचौँ स्थानबाट पछि पार्दै आफूलाई अब्बल साबित गरे।
यससँगै सैमसन जारी सिजनमा ४०० भन्दा बढी रन बनाउने ब्याटरको सूचीमा समावेश भएका छन्। उनीसँगै केएल राहुल, अभिषेक शर्मा, हेनरिक क्लासेन र वैभव सूर्यवंशी मात्र यो सिजन ४०० रनको आँकडा पार गर्ने ब्याटर हुन्। सैमसनको हाल १० इनिङ्समा ५७.४२ को औसत र १६७.५० को स्ट्राइक रेटसहित ४०२ रन पुगेको छ।
अर्कातर्फ, लखनउका केएल राहुलले मंगलबार मात्र १२ रन बनाएर सस्तोमा आउट भए पनि उनी फेरि शीर्ष स्थानमा उक्लन सफल भएका छन्। यो छोटो इनिङ्स पनि उनलाई सनराइजर्स हैदरावादका अभिषेक शर्माभन्दा ५ रनले अघि बढाउन पर्याप्त रह्यो।
बुधबार राति सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबिच खेल हुँदैछ। यस खेलमा हैदरावादका अभिषेक शर्मा र हेनरिक क्लासेन दुवैसँग उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान कब्जा गर्ने सुनौलो अवसर रहनेछ।
पर्पल क्यापमा परिवर्तन भएन, भुवनेश्वर अझै शीर्षमा
मंगलबारको खेलको नतिजापछि पनि पर्पल क्यापको शीर्ष पाँचको स्थानमा भने कुनै परिवर्तन आएको छैन। रोयल च्यालेन्जर्स बेंगलोरका बलर भुवनेश्वर कुमार १७ विकेटसहित पर्पल क्यापको शीर्ष स्थानमा कायम छन्।
उनलाई चेन्नाई सुपर किंग्सका अंशुल कम्बोजले १७ विकेटका साथ नै पछ्याइरहेका छन्। कम्बोजले दिल्लीविरुद्धको खेलमा कुनै विकेट लिन नसकेका कारण उनी दोस्रो स्थानमै सीमित रहे।
यस्तै, तेस्रो स्थानमा १६ विकेटसहित गुजरात टाइटन्सका कागिसो रबाडा रहेका छन् भने चौथो स्थानमा १५ विकेट लिएका राजस्थान रोयल्सका जोफ्रा आर्चर छन्।
सनराइजर्स हैदरावादका इसान मलिंगा १५ विकेटसहित पाँचौँ स्थानमा सुरक्षित छन्। बुधबारको खेलपछि पर्पल क्यापको यो तालिकामा पनि केही फेरबदल आउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026