एफएनसीसीआई एसोसिएटको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् ।
- पाण्डेले प्रतिस्पर्धी उम्मेदवार ज्योत्स्ना श्रेष्ठलाई १ हजार ७९ मत ल्याएर पछि पारे ।
- योसँगै महासंघ महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा पाण्डेले प्रतिस्पर्धी उम्मेदवार ज्योत्स्ना श्रेष्ठलाई पछि पार्दै पाण्डे उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत मात्रै प्राप्त गरिन् । पाण्डे नयाँ अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवार थिए ।
यसअघि जिल्ला–नगर तथा वस्तुगत र महिलातर्फका उपाध्यक्षको टुंगो लागिसकेको छ । जिल्ला नगरतर्फबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ, वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र महिलातर्फ गीता अमात्य उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यसमध्ये जिल्ला–नगरतर्फका दुवै निर्वाचित उपाध्यक्ष अञ्जन श्रेष्ठ प्यानलका हुन् भने वस्तुगत र महिला उपाध्यक्ष हेमराज ढकाल समूहका हुन् ।
योसँगै महासंघ महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ । नयाँ कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन छुट्टै गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण