मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

आतंकवाद नियन्त्रण गर्न अस्ट्रेलियन सरकारले ७४ लाख डलर खर्च गर्दै

बुधबार, २३ वैशाख २०८३, २१ : ४०
बुधबार, २३ वैशाख २०८३

मेलवर्न । अस्ट्रेलिया सरकारले अनलाइन हिंसात्मक र आतङ्कवाद नियन्त्रण गर्न करिब ७४ लाख अस्ट्रेलियन डलर खर्च गरेर नयाँ सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

गृह मामिलामन्त्री टोनी बर्कले बुधबार पत्रकार सम्मेलनमार्फत ‘काउन्टर टेररिज्म अनलाइन सेन्टर’ स्थापना गरिने जानकारी दिए । उक्त केन्द्रको नेतृत्व अस्ट्रेलियाको सुरक्षा निकाय र संघीय प्रहरीले संयुक्त रूपमा गर्नेछन् ।

मन्त्री बर्कका अनुसार, अनलाइन नयाँ कानुनअन्तर्गत हालसम्म ३१ वटा मुद्दा दर्ता गरिएको छ, जसमा १९ जना नाबालिग रहेका छन् ।

उनले युवाहरू छिटो अनलाइनमार्फत यस्तो गतिविधितर्फ आकर्षित भइरहेको अवस्था गम्भीर भएको बताउँदै सुरक्षा निकायहरूले सक्रिय रूपमा कारबाही गरिरहेको उल्लेख गरे । 

सङ्घीय प्रहरी प्रमुख क्रिसी बारेटका अनुसार उग्रवादी समूहहरूले प्रविधिको प्रयोग गरी कमजोर र संवेदनशील व्यक्तिहरूलाई तीव्र गतिमा प्रभावित गरिरहेका छन् । उनले प्रविधिको विकासले वास्तविक र भर्चुअल संसारबीचको सीमालाई धमिलो बनाएको र यसले समस्यालाई अझ जटिल बनाएको बताए । 

नयाँ केन्द्रमा अनुसन्धानकर्ता र गुप्तचर विश्लेषकहरूले मिलेर उच्च जोखिमयुक्त अनलाइन प्लेटफर्महरूको निगरानी गर्ने, सम्भावित खतरा मूल्याङ्कन गर्ने र गतिविधि रोक्न विभिन्न उपाय अपनाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप