सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

बिहीबार, २४ वैशाख २०८३, १० : ५८
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका ४४ वर्षीय प्रेम मगरलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले मगरलाई बुधबार पक्राउ गरेको हो ।
  • फैसला कार्यान्वयनका लागि मगरलाई उदयपुर जिल्ला अदालतमा बुझाइने तयारी छ ।

उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

 ४४ वर्षीय प्रेम मगरलाई बुधबार पक्राउ गरिएको हो । मगरलाई उदयपुर जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत बुझाउने तयारी भइरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप