सङ्घीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु
सारांश
- सङ्घीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको छ ।
- प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि सो कार्य सुरु भएको हो ।
- विभिन्न विषयगत समितिहरूका सांसदहरूको विवरण सङ्कलन कार्य सकिएको छ भने केहीको भइरहेको छ ।
काठमाडौँ । सङ्घीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीवारबाट सो कार्य सुरु भएको हो ।
अहिले सङ्घीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन कार्य सकिएको छ । त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको सो विवरण सङ्कलनको काम भइरहेको पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
शुक्रवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समितिको उक्त विवरण सङ्कलन गरिनेछ ।
त्यस्तै वैशाख २८ गते सोमवार सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूको उक्त विवरण सङ्कलन गरिने पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ । –
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण