सरकारी बैंकका अध्यक्ष र सञ्चालकद्वारा धमाधम राजीनामा
सारांश
- सरकारी बैंकका अध्यक्ष र सञ्चालकहरूले धमाधम राजीनामा दिएका छन् ।
- राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकाल र कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल लगायतले राजीनामा बुझाएका छन् ।
- अर्थ मन्त्रालयले राजीनामा दिन सन्देश पठाएपछि उनीहरूले राजीनामा दिएका हुन् ।
काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गरेका सञ्चालकले राजीनामा दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको सञ्चालक समितिमा सरकारले नियुक्त गरेका वा सरकारको तर्फबाट सञ्चालक बनेका अध्यक्ष तथा सञ्चालकहरुले राजीनामा दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक देवकुमार ढकालले बुधबार नै राजीनामापत्र बुझाएको बताए । सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ । उनीसँगै अन्य सञ्चालकहरुले समेत बुधबार नै राजीनामा दिएका छन् ।
उता कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र सञ्चालक रहेकाहरुले बुधबार नै राजीनामा बुझाएका छन् । बैंकका कम्पनी सचिव हिमलाल पौडेलले अध्यक्ष लगायत अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरुले राजीनामा दिएको जानकारी दिए ।
साधारण सेयर जारी गरेका बैंकमा शेयरधनीको तर्फबाट नियुक्त भएका र स्वतन्त्र सञ्चालकले भने राजीनामा दिएका छैनन् ।
सरकारले अध्यादेशमार्फत् १५९४ जनालाई पदमुक्त गरे पनि नेपाल राष्ट्र बैंक एवं बैंक तथा वित्तीय संस्थालाई यसले छोएको थिएन । अर्थ मन्त्रालयले ती बैंकका अधिकारीहरुलाई राजीनामा दिन सन्देश पठाएको थियो ।
नेपाल बैंकका सञ्चालकहरुको भने राजीनामा आइसकेको छैन । यद्यपि उनीहरुले समेत राजीनामा दिने प्रतिवद्धता जनाइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण