मन्त्री बनेपछि के भन्छन् नितिश कुमारका छोरा निशान्त ?
काठमाडौँ । बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमारका छोरा निशान्त कुमारले बिहीबार मन्त्रीको रूपमा शपथ लिएका छन् ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीको मन्त्रिपरिषद्मा निशान्त कुमारले बिहीबार मन्त्रीको शपथ लिएका थिए।
‘यो सबै जनताको माया र विश्वास हो, उनीहरूले मलाई राजनीतिमा ल्याए । मेरा कार्यकर्ताहरूले मलाई राजनीतिमा ल्याए,’ शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।
उनले भने, ‘जनता र कार्यकर्ताहरूले ममाथि जुन विश्वास र भरोसा राखेका छन्, र जुन दायित्व दिएका छन्, त्यसलाई म सत्यता र इमानदारीका साथ पूरा गर्ने प्रयास गर्नेछु ।’
यस मन्त्रिपरिषद्मा तीन पूर्व मुख्यमन्त्रीका छोरा छन् । अरू दुई जना जितन राम माझीका छोरा सन्तोष कुमार सुमन र जगन्नाथ मिश्राका छोरा नितिश मिश्रा हुन् ।
मन्त्रिपरिषद् विस्तारमा भाजपाका १५, जेडीयूका १३, लोजपा (आर) का दुई, एचएएमका एक र आरएलएसपीका एक मन्त्रीले शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण