सौतेनी सासूको हत्या आरोपमा बुहारी पक्राउ
सारांश
- प्रहरीले साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा मृतककी बुहारीलाई पक्राउ गरेको छ।
- २०७९ साल मंसिर १ गते बिहान स्थानीय भुपलाल घर्तीको बारीमा ६३ वर्षीया धनीकुमारी सुनार टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।
- पक्राउ परेकी चेती सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्युठान । साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको उक्त हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले ३२ वर्षीया चेती सुनारलाई नियन्त्रणमा लिएको हो।
२०७९ साल मंसिर १ गते बिहान साढे ६ बजेको समयमा स्थानीय भुपलाल घर्तीको बारीमा ६३ वर्षीया धनीकुमारी सुनार मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शव भेटिएपछि प्रहरीले यसलाई कर्तव्य ज्यान मुद्दाका रूपमा लिएर अनुसन्धान अघि बढाएको थियो।
लामो समयसम्म प्रतिवादी नखुलेर पेण्डिङमा रहेको यस मुद्दामा सूक्ष्म अनुसन्धान गर्दा मृतककी सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्युठान जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई वैशाख २३ गते साँझ ४ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार पक्राउ परेकी सुनारलाई अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण